मौसम खराबीका कारण खोटाङ्गको रेग्मिटारमा तीन हेलिकप्टर अवतरण
खेमराज दाहाल,
प्रकाशित २०७६ असोज ९ बिहिबार
957
Shares
खोटाङ्ग । मौसममा खराबी देखिएपछि खोटाङ्गको रेग्मिटारमा तीनवटा हेलिकप्टर अवतरण गरेका छन् । संखुवासभाबाट काठमाडौंका लागि उडेका तीन वटा हेलिकप्टर रेग्मिटारको खेतमा सफल अवतरण गरेको हो ।
१३ जना यात्रु लिएर संखुवासभाबाट उडेका तीन हेलिकप्टर दिउँसो ३ बजेर ४५ मिनट जादा सफल अवतरण गरेको स्थानीय प्रकाश रेग्मीले जानकारी दिए । हेलिकप्टरमा सवार सबै यात्रा सकुशल रहेको बताइएको छ। अवतरण गरिएकोमा अल्टिच्युडका २ र सिम्रिकको १ हेलिकप्टर रहेका छन्।
हेलिकप्टरमा सवारयात्रु हरु अरुण हाइड्रो पावरको अनुगमनका लागि हिडेका जलबिद्युत प्रधिकरणका कर्मचारी रहेको बताइएको छ। लगभग पौने एक घण्टा तेहा बसेर मौसमा सुधार आएपछि फेरी तीन वटै हेलिकप्टर त्यहाँबाट उडेको रेग्मीले बताए।