युरोपा लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको जित, अन्य नतिजा यस्तो छ
प्रकाशित २०७६ असोज ३ शुक्रबार
785
Shares
काठमाडौं । युरोपा लिग फुटबलमा इंगलिश प्रिमियर लिग क्लब आर्सनल र म्यान्चेस्टर युनाइटेडले सफल सुरुवात गरेका छन् । जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै आर्सनलले सफल सुरुवात गरेको हो ।
फ्रान्कफर्टको घरेलु मैदानमा आर्सनल ३–० गोल अन्तरले विजयी भयो । युवा खेलाडीहरुले आर्सनललाई जिताए ।
एकेडेमीका खेलाडी जो विलोक र बुकायो साकाले गोल गर्दै आर्सनललाई सहज जित दिलाएका हुन् ।
खेल सकिन तीन मिनेट अघि पियरी एम्रिक अबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।
त्यसैगरी म्यान्चेस्टर युनाइटेडले काजखस्तानको एफसी अस्तानालाई १–० गोल अन्तरले हराएको छ ।
समूह एलको खेलमा जित निकालेको युनाइटेडको जितमा युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा जित दिलाएका हुन् ।