- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हरेक हप्ता एक न एक विषयमा चर्चा हुने नेपालका सामाजिक सञ्जालमा यो पटक ज्ञानेन्द्र शाहीले नेपालका मन्त्री योगेश भट्टराईलाई झाँको झारेको विषयले प्रश्रय पायो । भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही लगायतका जनताले मन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन ढिला भएकोबारे प्रश्न गर्दा भट्टराई नाजवाफ भै भिजेको मुसो झैं लुत्रुक्क परेर बसेको र पछि काठमाडौं पुगेपछि सामाजिक सञ्जाल मार्फत त्यो घटनालाई आफुबाट गल्ती स्वीकार गर्नुको सट्टा अतिरिञ्जत पाराले विज्ञप्ति जारी मात्रै गरेरनन् कि ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा पार्टीका अरिंगाल (त्रिचन्द्र क्याम्पसका अनेरास्ववियुका अध्यक्ष गोविन्द थपलिया) का जत्थालाई पत्रकारको भेषमा पठाएर ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोल्ने, उनीमाथि हातपात गर्ने, पक्राउ गर्ने र मन्त्रीको आदेशमा रिहा गर्ने जस्ता कार्य भए ।
यसरी मन्त्रीकै आदेशमा जनता कुटिने, थुनिने र रिहा हुने भएपछि किन चाहियो अदालत ? किन चाहियो कानुन र किन चाहियो न्याय प्रणाली ? सबै विघटन गरे भैगोनि । हैन भने पत्रकार सम्मेलनमा भाडाका टट्टु भिजिलान्तेबाट ज्ञानेन्द्र शाही र स्वयंसक्कली पत्रकारमाथि हातपात हुँदा समेत पत्रकार महासंघ, प्रेस काउन्सिल र पार्टीका झोले पत्रकार संघ संगठन किन बोल्दैनन् ?
यस घटनाले नेपालमा वाक् स्वतन्त्रताको धज्जी उडेको देखिन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भनेजस्तै कतै कम्युनिष्टको शासनमा जनताले बोल्न समेत नपाउने भन्ने कुराको सुरुवात भएको त हैन ? हैन भने कहिले राष्ट्रपतिलाई कालो झण्डा देखाएको भरमा जनता किन थुनिन्छन् ? किन मन्त्रीको अत्याचार विरुद्ध आवाज उठाउँदा जनता कुटिन्छन् थुनिन्छन् ?
किन भष्टाचारीहरुको निद हराम पारिँदा जनताहरु आपराधिक मुद्दामा फसाइन्छन्? के यही हो त नेपाली जनताले रोजेको खोजको असली गणतन्त्र ? के यसैका लागि १७ हजार नेपालीको हत्या गरिएको हो ? के यसैका लागि २०६२–६३ को आन्दोलन भएको हो ? हैन भने यो १४ वर्षे शासनकालमा जनताले के पाए ?
वैचारिक वहस गर्न नसक्नेहरु यस्ता खालेआवाज उठाउनेलाई सजिलै राजावादी, प्रतिगामी र मण्डलेको बिल्ला भिराउन पुग्छन् । के मन्त्री योगेशले गरेको कदम ठीक थियो त ? सच्चा नेपालीले जवाफ दिउन् ।
नेताका तलुवा चाट्नेहरुले आज ठीक के हो बेठीक के हो छुट्याउन छाडिसके । नेताहरुले जे गरे पनि हो हो र ठीक ठीक भनेपछि राष्टियता संकटमा पर्छ कि पर्दैन ? सिक्किम यस्तैका कारण भारतमा विलय भएको हो । काजी लेण्डुप दोर्जेको जे जस्तो कदमलाई पनि हो मा हो गरेर विश्वास गर्दा सिक्किम सदाको लागि भारतमा विलय भएको इतिहास नेपालमा बसेका सच्चा नेपालीले पढ्नु पर्ने बेला भएको छ ।
हैन भने मन्त्रीले १ घण्टा बिमान कुराउँदा पनि ठीक, प्रधानमन्त्रीले २ घण्टा आकाशमार्ग बन्द गराउँदा पनि ठीक, एनसेलको ६० अर्ब भ्mवाम पार्दा पनि ठीक, मार्सी चामलको भात खाए बापत देशको चिकित्सा क्षेत्र माफियालाई बुझाउँदा पनि ठीक, निर्मला पन्तको बलात्कार पछि हत्या गरिँदा पनि ठीक, रविहरुलाई झुट्टा मुद्दामा फसाउन खोज्दा पनि ठीक, ४–५ वटा ठुला अस्पताल बनाउन पुग्ने पैसा औषधोपचारको नाममा सिंगापुरमा खर्च गर्दा पनि ठीक, विदेशी कम्पनी लखेटेर आप्mनालाई ठेक्का दिंदा पनि ठीक, लडाकु शिविरको अर्बौ रकम भ्mवाम पार्दा पनि ठीक, पार्टीका महासचिवबाट बालुवाटार नै किन्दा पनि ठीक, ४ जी का नाममा ४६ अर्ब भ्mवाम पार्दा पनि ठीक, न्यायाधीश नियुक्ति, राजदुत नियुक्ति लगायत अन्य पदहरु लिलामी बढाबढ गर्दा पनि ठीक, २ कठ्ठे जमिनदारहरुका सन्तानहरु दुबहीमा बसेर करोडौं खर्च गर्दा पनि ठीक भनेपछि देश कसरी उँभो लाग्छ ? यो राष्ट्रवादी जनता र नेताले गर्न सुहाउने कुरा हो त ? देशका कर्णधारहरु सबै झोले भएपछि कसरी राष्ट्रियता बलियो हुन्छ ?
पछिल्लो समयमा योगेशले केही गर्छ कि भन्ने जनतामा विश्वास थियो । त्यो वास्तवमा योगेशको विगत नबुझ्नेहरुको राग अलाप थियो । योगेश त्यस्ता व्यक्ति हुन् जो ढाँट र छलीका राजा हुन् । पछिल्लो उदाहरण भोलिपल्ट १ बजे प्रतिनिधिसभाको बैठकमा जवाफ दिन आफुले प्लेन रोकेको भन्नेले भोलिपल्ट बिहान अर्को प्लेनमा पनि आउन सक्थे त्यहाँ पनि उनले झुट बोले ।
यसअघि अर्काको मार्कसिटलाई सन्देह छ भन्ने योगेशले आफुले प्रतिनिधिसभाबाट १८ हजार बढी रकम लिइरहँदा पनि थाहा नभएको जवाफ दिएका थिए । योगेश त्यही व्यक्ति हुन् जस्ले एमाले विभाजनका बेलामा एमालेका प्रायः सबै नेतामाथि आरोप लगाएका थिए । यदि उनी झुट्टा हैनन् भने के एमाले फुटेको बेला उनले लगाएका यी तलका आरोपहरु पुष्टि गर्न सक्छन् ?
योगेशले लगायका प्रमुख आरोपहरु–
१- २००६ सालदेखिनै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलोपर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपालीक्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्नेदृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथम पटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रियआत्मसमर्पणवादको नीति लियो ।
२- तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरीआफ्नो दस्तावेजमा कहीं कतै गणतन्त्रको ‘ग’समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमा समेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।
३- प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनुहुँदैन भनेर विरोध गरियो । तर सरकारमा जानासाथ मोदनाथ प्रक्षितको शिक्षामन्त्रित्वकालमा आफैंले स्वीकृति दिई ४१लाख रुपैयाँ घूस खाइयो।
४- तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरीत गृह मन्त्रालयका लागि गाडी खरीद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ। यसरी लीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेर्टवर्क भित्र पार्टीलाई प्रवेश गर्राई सुनदेखि चरेशसम्मको तस्करी गर्ने, गराउने काम गरे।
५- छैटौं महाधिवेशनको भिडिओ क्यासेट कार्यकर्तालाई थाहै नदिई एमाले नेताहरूले अमेरिकी खुफिया एजेन्सी ‘सिआईए’लाई सुटुक्क दिई साम्राज्यवादी अमेरिकाको निर्देशन पालना गरे।
६- छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु देखिन्छ। कार्यालय र आर्थीक फाँट हेर्ने जिम्मा लिएका माधव नेपाल, प्रदीप नेपाल, युवराज ज्ञवाली र इश्वर पोखरेलले उक्त रकम हिना मिना गरे।
७- राज्यद्वारा जनताको जनस्वास्थ्यको ग्यारेन्टी गर्नु पर्नेमा जनताको सेवा गर्ने वीर अस्पतालकालागि जापानले दिएको १० करोड रुपैयाँ अनुदान रकम स्वास्थ्यमन्त्री भरतप्रधानले आफ्नो काठमाडौं मोडेल अस्पतालमा लगानी गरे।
८- हालै चुनावी सरकारकानाममा कांग्रेसको पुच्छर समाए र वैतरणी तर्न बिना र्सत सरकारमा सामेल भएको एमालेका बन्दुके मन्त्री भीमरावलले चुनावी खर्च जुटाउन बिना टेन्डर चाइना साउथ एयरलाइन्ससँग प्रति उडान घण्टा २ हजार ५ सय ५० डलरमा प्राप्त हुने हवाइ जहाजलाई ३ हजार १ सय ५० डलरमा एक वर्षकालागि सम्झौता गरी १४ करोड रुपैयाँ कमिसन खाए। उक्त कुराको विरोध गर्ने पाइलटहरूलाई हडतालमा उत्रिन बाध्य पारेर मुलुकको ५०औं करोड रुपैयाँ नोक्सान पारे। स्वाभिमानी पाइलटहरूलाई पञ्चायती कानुन प्रयोग गरी कार्बाहीगरे।
९- मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो। राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्ष नारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटनामा त्रहो’भनी सही गरे।
१०- मनमोहन अधिकारी र माधव नेपालले पुँजीवादी राष्ट्र सामू अनुदानर भिक्षाको खातिर बारम्बार ‘हामी कम्युनिस्ट होइनौं’भनेर पार्टी र कम्युनिस्ट प्रेमी नेपाली जनताको बारम्बार उपहासगरे।
११- निजीकरण र उदारीकरणलाई प्राथमिकता दिने एमालेले कम्युनिष्ट आन्दोलनलाई तहस नहस पार्न सुशील प्याकुरेल जस्ता अमेरिकी सिआइएका एजेन्टलाई काँधमा बोकेर पार्टी भित्र एनजिओर आइएनजिओलाई चलखेल गर्न दिए। विश्वकै मुक्तिकामी जनताको मुख्य दुश्मन साम्राज्यवादीहरूको नाइके अमेरिकाद्वारा सञ्चालित इन्सेकले पार्टी नेतृत्वलाई सञ्चालन गर्यो।
१२- महाकली सन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरी दगर्छु भनी खड्ग ओलीले ५ करोड रुपैयाँ माग गर्ने जस्ता घृणित कार्य गरे।महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ माभारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे।
१३- सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेल मार्फत साढे सत्र केजी हजार र हजार कानोट माधव र केपीले उमेश गिरी लाई खुवाए।
१४- अनेरास्ववियु (अरुण )ले तस्करहरूको नाम सार्वजनिक गरेपछि तस्कर मानामां कित व्यापारीहरूले एमालेलाई आर्थीक सहयोग बन्द गर्ने धम्कीदिए। त्यसपछि, ‘केटाहरूले त्यसो गरेछन, दुःख नमान्नु होला, आइन्दा यसो गर्दैनौ’भनी तस्करहरूसँग माफी माग्नेका म भयो।
१५- नौ महिने कालमा पर्यटनमन्त्री बनेका भीमरावलले जफ्फर अहमद र टासिपीलामालाई ऊनतथा गलैंचा विकास बोर्ड माल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए। निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूसलिने कामको सुरु आतगरेर भ्रष्टाचारगरी कम्युनिस्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो।
१६- नौ महिने शासन कालमा सञ्चारमन्त्री बनेका प्रदीप नेपालले ताइवानी टेलिफोन सेट खरीद गरी सन्ताउन्न लाख रुपैयाँ कमिसन कुम्ल्याएर त्यही सेटमा जर्मनी स्टीकरटाँसी पुनःलाखौं रुपैयाँ भ्रष्टाचार गरे। यस सम्बन्धमा दूरसञ्चारबाट वितरित टेलिफोन सेटको पछाडि पट्टी टाँसेको स्टीकर हेरे थाहाहुन्छ।
१७- कांग्रेसी सरकार लेदिने शधमिजालाई आरएनएसीको युरोपको २ वर्षकालागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएकोथियो। पछि भीम रावल मन्त्री बने पछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नु पर्ने पारी संस्थानलाई डुबाईसो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे।
१८- तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीन वटा हिम शिखर आरोहण गर्ने नाम मात्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यवादलाई चीन विरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चार लाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था (सिआइए)लाई स्वीकृति दिई साम्राज्यवाद र प्रभुत्ववादको निर्देशनमा चीन विरोधी क्रियाकलाप गर्ने वातावरण मिलाइदिए।
१९- हुलास चन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिंङ्ग कार्य गर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको ब्याज रकम दस करोड मध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गर्राई राष्ट्रको राजस्वमा घाटा पुर्याए।
२०- उपप्रधानमन्त्री माधवकुमार नेपाल जापानको मैत्रीपूर्ण भ्रमणमा गएको बेला चालीस करोडको कुहिएको चामल स्वदेश (नेपाल) भित्र्याई ४ करोड कमिसन खाए। सोही भ्रमणमा जापानबाट प्राप्त ८० लाख रुपैयाँ पर्ने हीराको हार राष्ट्रको ढुकुटीमा जम्मा गर्नु पर्नेमा निजी बनाई बिक्री गर्न खर्च दिई विदेश पठाउने काम गरे।
२१- नौ महिने कालका प्रधानमन्त्री मनमोहन समक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङर अर्थमन्त्री भरत मोहन अधिकारीले मोहन गोपाल खेतानले विदेशी मुद्रा विनिमय नियम विपरीत काम गरी हङ्गकङ्गको इन्डो स्वेज बैंकमा जम्मा गरेको २५०७००० अमेरिकी डलरबाट रु १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनत : ३ वर्ष कैद र सम्पूर्ण रकम राष्ट्रिय करण हुनेमा अर्थमन्त्री भरत मोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङ्गको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याबिनेट बैठकद्वारा अदालतको मर्यादार कानुन विपरीत मुद्दा फिर्ता गराउने काम गरी दुई करोड रुपैयाँ नजरानालिई जनता र राष्ट्र मारा काम गरे।
२२- दुई सय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य इश्वर पोखरेल संलग्न भएको कुरा खुल्यो।इन्टरपोलले इश्वरलाई गिरफ्तारी गर्न आदेश दिए पछि ओली र नेपालले प्रहरी महानिरीक्षक अच्यूत कृष्ण खरेल मार्फत इश्वरलाई कार्यबाही हुनबाट बचाई अवैध लागुऔषध कारोबारलाई प्रश्रय दिए।
२३- टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’को अवधारणा ल्याई राष्ट्रियता जस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्षेनी आम्दानी हुने सेटे लाइटबाट विदेशीलाई बिजुली बेच्ने जस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्काउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो।
२४- मदन आश्रतिको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्याभण्डारीको सुमधुर सम्बन्ध कायम भयो। खेतानकी ‘माता’बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन्।
यी र यस्ता आरोप लगाउने नैतिकहीन संस्कृति नागरिक तथा पर्यटनउड्डयन मन्त्रीले एउटा कुरा बुझ्नु जरुरी छ कि मेक्सिकोका वातावरण मन्त्रीले आफ्ना कारण ३८ मिनेट प्लेन ढिला हुँदा राजीनामा दिएकी थिइन् । केही महिना अघि यात्रुसंग ४ मिनेट समय माग्दा बष्ष्ठि पाइलट विजय लामा माथि कार्वाही भएको थियो । मन्त्री भट्टराईमा पनि केही संस्कार र नैतिककता बाँकी छ भने उनले राजीनामा दिने हिम्मत गरुन् हैनभने आफु पनि विजय लामा जस्तै कार्वाहीको लागि तयार छु भनुन्।
हैन भने यस्ता अराजक मन्त्रीहरुका कारण नेपाल भ्रमण सफल होला भन्नेमा शंका छ । २० लाख पर्यटन भित्र्याउन दिनको ५ हजारभन्दा बढी पर्यटन भित्रयाउनु पर्नेमा प्रत्यक दिन १ मन्त्रीले १ घण्टा मात्रै प्लेन ढिला गर्दै गएमा के भिजिट नेपाल २०२० सफल होला त ? ( भर्जिनिया, अमेरिका)