अतिक्रमित जग्गामध्ये डेढ प्रतिशतमात्र फिर्ता गर्न बाँकी
प्रकाश मैनाली,
प्रकाशित २०७६ भदौ २८ शनिबार
276
Shares
सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाले लामो संघर्षवाट विभिन्न नाममा अतिक्रममा परेको जमिन आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ ।
२०६२ सालदेखि नियन्त्रण बाहिर गएको जमिन २०६३ साल बाट पुनः फर्काउन निरन्तर प्रयास पछि गुमेको जमिन आफ्नो अधिनमा लिन सफल भएको परियोजन प्रमुख देवेस मणी त्रिपाठीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।
मुर्तिया क्षेत्र अन्तर्गत कुल ३४०० हेक्टर क्षेत्रको ९८.५ प्रतिशत खाली गर्न सफल भयको परियोजना प्रमुख त्रिपाठीको भनाइ छ । अतिक्रमणबाट मुक्त पारिएको जमिनमा तारवार गरि वृक्षारोपण गरिने प्रमुख त्रिपाठीले जनाए । सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति बढ्नु र हुने खानेले समेत आफुलाई सुकुम्वासकिो नाममा वनको जग्गा अतिक्रमणमा परेको थियो ।