‘डेविड वार्नर प्रथम श्रेणी क्रिकेटमा पनि बल बिगार्थे’
प्रकाशित २०७६ भदौ २६ बिहिबार
411
Shares
एजेन्सी। अष्ट्रेलियाका क्रिकेट खेलाडी डेविड वार्नरले प्रथम श्रेणी क्रिकेटमा पनि बल बिगार्ने (टेम्परिङ) गरेको खुलाशा भएको छ। ईङल्याण्डका पुर्व कप्तान एलेस्टर कुकले आफ्नो किताबमा उक्त कुरा लेखेका छन्।
सन् २०१७-१८को एशेजको समयमा एक भेटमा बियर खाँदै वार्नरले कुकलाई बताएका हुन्। उनले उक्त कुरा किताब समेटेका छन्। फिल्डिङका लागि मैदान छिर्नु अगाडि हातका औंलामा टेप लाउने र उक्त टेपमा केहि बस्तु दल्थे जल्ले बललाई चाँडै बिगार्नमा मदत गर्थ्यो। यो भनिरहँदा स्टिव स्मिथ वार्नरलाई हेर्दै ‘भन्न नहुने कुरा’को भावमा टाउको हल्लाईरहेको पनि कुकले किताबमा लेखेका छन्।
कुकको आत्मकथालाई उदृत गर्दै गार्जियनले समाचार बनाएको छ। डेविड वार्नर र स्टिव स्मिथ दुवै जना बलमा ‘खाक्सी’ दलेर बिगारेको आरोपमा १२ महिनाको प्रतिबन्ध भोगिसकेका छन्। दक्षिण अफ्रिका बिरुद्धको टेष्टमा उनीहरु पक्राउ परेका हुन्।
वार्नर प्रतिबन्धबाट फर्केपछि विश्वकपमा सहभागी हुँदै ६ सय ४७ रन बनाएका थिए। उनले हरेक पटक मैदान प्रवेश गर्दा हुटिङको सामान गर्नु परेको थियो। त्यसैगरि स्मिथ एशेज शृखंलामा राम्रो फर्ममा रहेका छन्। उनको ब्याटिङका करणले अष्ट्रेलिया श्रृखंलामा २-१ले अगाडि रहेको छ। अन्तिम टेष्ट १२ सेपटेम्बरदेखि शुरु हुँदैछ।
बल टेम्परिङलाई लिएर ईङल्याण्डका बलर स्टुवार्ट ब्रोड पनि बोलेका छन्। उनले अष्ट्रेलियायी टोलिको जसरी नि जित्न पर्ने संस्कृती अष्ट्रेलियाई दर्शक वा जनताको चाहान नरहेको टोलीले बुझ्नु पर्ने थियो। जे होस् अब प्रष्ट भएको छ अष्ट्रेलियायी जनता के चाहान्छन ? ब्रोडलाई कुकले आफ्नो पुस्तकमा उदृत गरेका छन्।