काठमाडौं कांग्रेस क्षेत्र नं ८ को सभापतिको जिम्मेवारी श्रेष्ठलाई
प्रकाशित २०७६ भदौ २४ मंगलबार
506
Shares
काठमाडौं । काठमाडौं कांग्रेस क्षेत्र न ८को क्षेत्रीय सभापतिको जिम्मेवारी सचिव राजेश श्रेष्ठलाइ दिइएको छ । तत्कालीन निर्वाचित सभापति जुद्धरत्न बज्राचायर्यको निधनपछि निमित्त सभापतिको जिम्मेवारीमा रहेका बद्री नेपालको स्थानमा निर्वाचित सचिव राजेश श्रेष्ठलाइ सभापतिको जिम्मेवारी दिइएको हो ।
संगठनलाई गतिशील बनाउँनु पर्छ भन्दै निर्वाचित सभापति बज्राचार्यको निधनको केहि समयपछि नै क्षेत्र अन्र्तगत रहेका हरेक वडा समिति इकाइ समतिको चौतर्फी विरोधका वावजुद पनि मनोनित उपसभापतिको जिम्मेवारी बद्री नेपाललाइ वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिईएको थियो ।
निमित्त सभापति नेपालले रहेको संगठनको गरिमा अभिवृद्धि तथा संगठनलाइ चुस्त दुरुस्त बनाउँने तर्फ कुनै कार्य सम्पादन गर्न नसकेको र समग्रमा समितिलइ अनिर्णयको बन्धक बनाउनुको अलावा डेढवर्ष यता क्षेत्रीय समितिको तर्फबाट इकाइ समितिमा समेत कुनै निर्देशनात्मक उर्जा प्रवाह गर्न नसकेको आरोप छ ।