विश्वविद्यालयमा हुने दलिय भागबण्डा विरुद्धमा नेबिसंघको खबर्दारी र्याली
प्रकाशित २०७६ भदौ १५ आइतबार
716
Shares
काठमाडौं। दलिय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमलिएको र व्यापारिक अखडा भएको भन्दै नेबिसंघले खबरदारी र्याली निकालेको छ।हजारौंको संख्यामा नेबिसंघ आबद्ध बिद्यार्थीहरुले माइतिघर मण्डलाबाट बानेश्वरसम्म र्याली निकालेका हुन्।
कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले र्याली पछिको कोण सभालाई सम्बोधन गर्दै, " नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलिय भागबन्डा नरोकिए नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले नैबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए। काफ्लेले पार्टी भित्र पनि नैतिकता र विधानको पालना नभए बिद्रोह गर्ने चेतावनी सोत दिए।
कार्यक्रमलाई नेबिसंघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डेले सम्बोधन गरेको जानकारी दिदै नेबिसंघ नेता मनिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म कार्यक्रम चरणवद्द रुपमा अगाडि बढ्ने जानकारी दिए।
कार्यक्रममा नेबिसंघ नेता निमा गिरी, गोपि शिवाकोटी, बिपिन अधिकारी, सुदिप शर्मा, हरि आचार्य, लगाएत विद्यार्थी नेताहरुको उपस्थिति थियो।