arrow

शिलबन्दी बोलपत्र च्याती भागेका दुई युवा पक्राउ

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
pakrau-new.jpeg

स्याङ्जा । शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । फरार भएका चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल रानालाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ ।

 मङ्गलबार बोलपत्र च्यातेर फरार रहेका दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ