भारतीय क्रिकेटबाट धोनीको विदाई हुदै, किरमानीको यस्तो खुलासा
प्रकाशित २०७६ भदौ ११ बुधबार
226
Shares
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको सन्यासलाई लिएर लगातार समाचारहरू आइरहेका छन्। क्रिकेट विज्ञ र पूर्व दिग्गजहरु यस विषयमा आफ्नो राय दिइरहेका छन् । पूर्व भारतीय विकेटकीपर सय्यद किरमानीले धोनीको सन्यास र उनको प्रस्थानको कारण खाली हुने स्थानमाथि आफ्नो राय दिएका छन्।
आइसीसी विश्वकपदेखि नै धोनीको सन्यास बारे चर्चा चलिरहेको छ। विश्वकप अघि पूर्व कप्तानले यो प्रतियोगितापछि क्रिकेट छोड्नेछन् भन्ने विश्वास लिइएको थियो । धोनीले वेस्टइन्डीजको भ्रमणबाट विश्राम लिए तर उनको तर्फबाट सन्यासको अहिलेसम्म कुनै कुरा बाहिरिएको छैन।
पूर्व भारतीय विकेटकीपर किरमानी (सय्यद किरमानी) ले धोनीको बारेमा कुरा गर्दै भने,'यस्तो पहिलो पटक भएको होइन। यो विगतमा पनि हुदै आएको छ जब ठूला खेलाडीहरूको करियरको अन्तिम क्षणमा यस्तो चर्चा चल्छ । विकेटकीपरहरूको बारेमा कसले उनको स्थान लिने त्यो पनि प्रश्न छ।'
किरमानीले भने, " फारूक ईन्जिनियर जुन समय आफ्नो करियरको ढाँचामा थिए, त्यतिबेला पनि यस्ता प्रश्नहरू उठेका थिए कि उनी पछि को ? उनको क्रिकेटलाई बिदाइ गरेपछि सैयद किरमानी, किरण मोरे र महेन्द्र सिंह धोनी आए।"
धोनीको अवकाशपछि चिन्ता नलिन सल्लाह दिदै किरमानीले भने, "यदि हामीसंग तीन चार प्रतिभावान क्रिकेटर छन् भने कोहीले उनको ठाउँ लिनेछन्। क्रिकेटमा विकेटकीपङ कहिले पनि सजिलो काम होइन। यो टीमको लागि एकदम महत्त्वपूर्ण र गाह्रो स्थान हो। ग्लोभ मात्र लगाउनुले कोहि विकेटकीपर बन्दैन । "