सचिन तेन्दुलकरको अपमान गरेको भन्दै आईसीसी प्रति फ्यानहरुको आक्रोश
प्रकाशित २०७६ भदौ ११ बुधबार
341
Shares
एजेन्सी। भारतका स्टार पुर्व खेलाडी सचिन तेन्दुलकरको अन्तराष्ट्रीय क्रिकेट काउन्सील(आईसीसी) ले अपमान गरेको भन्दै फ्यानहरुले आपत्ती जनाएका छन्। आईसीसीले विश्वकप फाईनल पछि त्यस्तै विवादस्पद ट्विट गरेको थियो।
आईसीसीले विश्वकप फाईनलको तेन्दुलकरले स्टोक्सलाई ट्रफी दिईरहेको फोटोमा ‘विश्वाका महान क्रिकेटर र सचिन तेन्दुलकर’ लेखेर आँखा झिम्क्याएको ईमोजी सहित ट्विट गरेको थियो।
त्यही समयमा फ्यानहरुले आइसिसीले सचिनको अपमान गरेको र सचिन र स्टोक्सको तुलना गर्न नमिल्ने भनेर क्रोधपुर्ण रिप्लाईहरु गरेका थिए। सचिन यो भन्दा धेरै सममानका हकदार छन् भन्दै रिप्लईहरु भएका छन्।
एशेज टेष्ट श्रृखंलाको तेस्रो टेष्टमा स्टोक्सले शानदार शतकीय पारी खेल्दै ईङल्याण्डलाई १ वेकटले जित दिलाएका थिए। टेष्ट क्रिकेटमा बिरलै देख्न पाईने त्यस्तो पारी पछि आईसीसीले विश्वकप बेलाको ट्विटलाई कोट गर्दै ट्विट गरेको छ – ‘भनेकै हो’।
यसपछि फ्यानहरुले फेरि आफ्नो आक्रोस पोखेका छन्। सचिनको अपमान गरेको भन्दै आइसीसी प्रति खेद ब्यक्त गरेका छन्।