arrow

म्यान्चेस्टरबाट इन्टर पुगेका लुकाकुको ‘डेब्यु’ गोल

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
lukaku1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेडबाट इटालियन सिरी ए क्लब इन्टर मिलान पुगेका रोमेलु लुकाकुले सुखद सुरुआत गरेका छन् । 

उनले ‘डेब्यु’ खेलमै गोल गरेका छन् । सोमबार राति भएको खेलमा इन्टरले सिजनको पहिलो खेलमा लिचेलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले सुखद सुरुआत गरेको छ ।

The former Manchester United striker scored Inter's third goal to seal the points against Lecce

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लुकाकुसंगै मार्सेलो ब्रोजोभिक, स्टेफानो सेन्सी र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे ।

Lukaku, signed from Manchester United this month, opened his account on the hour

बेल्जियन खेलाडी लुकाकु ७३ मिलियन पाउन्डमा इन्टर मिलान गएका थिए । 

Inter Milan's head coach Antonio Conte hugs Romelu Lukaku after the final whistle on Monday

खेलमा लिचे १० खेलाडीमा सीमित भएको थियो । खेलको ७६ औं मिनेटमा डिगो फारिअसले रातो कार्ड पाएका थिए । 

अंक तालिका
लिगमा पहिलो चरणका खेल सकिएका छन् । अंक तालिकामा इन्टर मिलान ३ अंकसहित शीर्ष स्थानमा छ । 

लाजियो, एट्लान्टा, ब्रेस्सिया, टोरिनो, युभेन्टस, नापोली र युडिनेसको पनि ३–३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ