लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले बिना नै जित्न सफल
प्रकाशित २०७६ भदौ ९ सोमबार
339
Shares
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा एन्टोनी ग्रिजम्यान चम्किएपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना खेलमा फर्किएको छ । पहिलो खेलमा पराजित भएको बार्सिलोनाले दोस्रो खेलमा आइतबार राति रियाल बेटिसलाई ५–२ को गोल अन्तरले हराएको हो ।
ग्रिजम्यानले दुई गोल गरेर टिमलाई जिताएका हुन् ।
गत जुलाईमा १०७ मिलियन पाउन्डमा बार्सिलोना गएका ग्रिजम्यानले घरेलु मैदान नोउ क्याम्पमा भएको डेब्यु खेलमा आफ्नो प्रभाव छाड्न सफल रहे ।
मुख्य खेलाडी लियोनल मेस्सी, लुईस स्वारेज र उसमान डेम्बेले बिना मैदानमा उत्रिएको बार्सिलोनालाई ग्रिजम्यानले खुशी तुल्याए ।
यो सिजनको पहिलो खेलमा बिलबाओ विरुद्वको खेलमा ग्रिजम्यानले खासै राम्रो खेल्न सकेका थिएनन् । सोही कारण उनी दबाबमा समेत थिए ।
बार्सिलोनाका लागि कार्लोस पेरेज, जोर्डी अल्बा र अतुर्रो भिडालले एक एक गोल गरे ।
खेलको पहिलो र अन्तिम गोल भने रियाल बेटिसले गरेको थियो । पहिलो गोल नाबिल फिकिरले तथा अन्तिम गोल मोरोनले गरेका थिए ।