पाटे बाघको आक्रमणबाट एक बृद्धको मृत्यु, ४ दिनमा दोस्रो घटना
दीपकलाल श्रेष्ठ,
प्रकाशित २०७६ भदौ ८ आइतबार
595
Shares
बर्दिया (भुरिगाँउ)। आइतबार बिहान बर्दियाको ठाकुरबाबा नगरपालिका–१ खानेपानी टोलका ७० वर्षीय पहरिया तारुको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
थारुले हरेक दिन झै घरमा पालेको बंगुलाई आहारा दिने बेला बिहान करिब ७.३० बजेको समयमा बाघले आक्रमण गरेको कुरुम्बाङले भने। बाघको आक्रमणबाट ४ दीनमा मृत्युको घटना दोस्रो हो।
बाघले थारुलाई घिसारेर लगिरहेको अवस्था देखे आफुले बासको भाटाले नजिकै गते भुइमा बजारेपछि बल्ल बाघले छोडेर भागेको छिमेकी शान्ति चौधरीले बताए।
बिहानै थारुको छिमेकीको घरमै बिहान ४.३० बजे बिहान बरण्डामा बसेको देखे पछि कोठाबाट बाहिर निस्कन नसकि भित्रै कोठामै बसेकि थिइन। घरमा बाघ आएको गाँउ भरि हल्ला भय पछिको समयमा सो घटना भएको थियो।
तीन दिन अघि पनि गेरुवा गाउॅपालिका—४ मा घास काट्न जाँदा स्थानीय रामकली शाहीको बाघको आक्रमण ज्यान गएको थियो।