भोटेकोशीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गर्न सांसद आचार्यको माग
प्रकाशित २०७६ भदौ २ सोमबार
431
Shares
रसुवा । नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बतमा अविरल वर्षा हुँदा आइतबार राति रसुवाको भोटेकोशीमा आएको ठूलो बाढीले बगाएको बेलिब्रिज तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहयोग पुर्याउन सांसद मोहन आचार्यले सरकारसंग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस रसुवाका सांसद आचार्यले सरकारलाई बाढीले भत्काएको संरचना तत्काल पुनःनिर्माण गरी आवतजावतमा सहज गराउन आग्रह गरेका हुन् ।