arrow

बञ्चरोले हानेर आफ्नै दाई भाउजुको हत्या गर्ने मसाने सार्वजनिक

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
masaney.jpg

बागलुङ । बागलुङ जिल्ला प्रहरी कार्यालयले ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई  सार्वजनिक गरेको छ ।

निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।

निज कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

अभियुक्त कामीको घरमा हत्याअगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख  भट्टले बताए। “घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्यो”, प्रहरी प्रमुख भट्टले भभने, “घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।”

 भानबहादुरको शव घर नजीकै मकैबारीमा र बीमाको शव घरभित्रै रक्ताम्मे अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

मृतकहरुको शरीरका विभिन्न भागमा रहेका चोट  हेर्दा स्थानीय हतियार  हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताए । ढोरपाटन नगरपालिकाकै–९ नवीगाउँ र बोबाङमा उनीहरु घुम्ती बसाइ गर्दै आएका थिए । मृतक विकका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ