arrow

२ सय ८२ विद्यार्थी एसएलसी दिनबाट बञ्चित

logo
प्रकाशित २०७२ चैत १७ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथर जिल्लामा यस वर्षको एसएलसी परिक्षामा २ सय ८२ जना विद्यार्थी एसएलसी परिक्षा दिन बाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेकाले उनीहरु यस वर्षको एसएलसी दिन बाट बञ्चित भएको फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 
 
जिल्ला शिक्षा अधिकारी राजकुमार विकका अनुसार विद्यालयको सिफारिसमा ती परिक्षार्थीलाई परिक्षामा सहभागि नगराइने भएको छ । यसैगरी अर्काको नाम बाट परिक्षा दिएको पाइए, प्रश्नपत्रको गोपनियता भङ्गगरे, अनधिकृत व्यक्ति जवरजस्ती परिक्षांकेन्द्रमा प्रवेश गरे १ लाख रुपैया सम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने लगायतका १९ बुदेँ आचारसंहिता समेत लागू गरिने जिल्ला शिक्षा अधिकारी विकले बताए । 
 
यस वर्ष फरक क्षमता भएका परिक्षार्थी पनि परिक्षामा सामेल हुने तर, संख्या भने यकिन नभएको उनीहरुको भनाई छ । यस वर्ष पाँचथरबाट नियमिततर्फ ३ हजार ३ सय २२ र नियमित तर्फ २ हजार ५ सय ५७ गरी कुल ५ हजार ८ सय ८९ परिक्षार्थी सहभागि हुने भएका छन् । यस्तै, प्राविधिक तर्फ पृथ्वी उच्च माविबाट कृषि विषय लिएका २४ जना परिक्षार्थी परिक्षामा सामेल हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ