जनै पूर्णिमामा गण्डकी प्रदेशले विदा नदिएपछि पर्वतका सबै स्थानीय तहले गरे सार्वजनिक विदाको घोषणा
प्रकाशित २०७६ साउन २९ बुधबार
295
Shares
पर्वत । पर्वत र हिन्दु धर्मालम्वीहरुको बिषेश महोत्सबका साथ मनाउने जनै पुर्णिमा पर्वमा पर्वतका सात वटै स्थानीय तहले सार्वजनिक विदा दिने घोषणा गरेका छन् । पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, महाशीला, जलजला, विहादी, पैंयु ,मोदी गाउँपालिकाले सार्वजनिक विदा घोषणा गरेका छन् ।
कुस्मा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी र महाशिला गाउँपालिकाकी उपप्रमुख हिराकुमारी थापा तथा जलजलाका प्रमुख प्रशाकीय अधिकृत अर्जुन शर्मा, फलेवासका नगरप्रम्ख पदमपाणी शर्मा, विहादीका अध्यक्ष कमल भुसाल, पैंयुका अध्यक्ष खगेन्द्र तिवारी,मोदीगाउंपालिकाका अध्यक्ष पैम प्रसाद पौडेलले बुधबार बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरिएको छ । बिज्ञप्तीमा आफ्नो पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघसंस्थाहरुलाई बिदा दिने निर्णय गरेको उल्लेख छ ।
गण्डकी प्रदेशले अन्य धर्मालम्वीहरुको पर्वको दिन विदा दिने गरेकोमा हिन्दू वाहूल्यता रहेको गण्डकी प्रदेशमा जनै पूर्णिमाको दिन विदा दिनेमा अनूदार देखिएको छ । स्थानिय पालिकाले प्रदेश सरकारले विदाको घोषणा गर्छ कि भनेर प्रतिक्षमा रहेका थिए । तर प्रदेशले विदा नदिने संकेत देखेपछि स्थानिय तहको अधिकार प्रयोग गर्दै विदाको घोषणा गरेका हून । यस्ले हिन्दू वाहूल्यता रहेको गण्डकी प्रदेश सरकारलाई थप चूनौति पनि भएको हिन्दूधर्मालम्वीहरु वताउछन् ।