-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले रकिङ सुरुआत गरेको छ ।

शनिबार भएको खेलमा सिटीले वेष्ट ह्याम युनाइटेडलाई उसैको मैदान लन्डन स्टेडियममा ५–० गोल अन्तरको जित निकालेको हो ।

रहिम स्टर्लिङले ह्याट्रिक गरे । खेलको ५१, ७५ र इन्जुरी समयमा गोल गर्दै रहिमले ह्याट्रिक पूरा गरेका थिए ।

खेलको २५ औं मिनेटमा गाब्रियल जिससले र ८६ औं मिनेटमा सर्जियो अग्युरोले पेनाल्टीबाट गोल गरेका थिए ।

भीएआरको चक्कर
स्टर्लिङले गरेको गोल पनि भीएआरका माध्यमबाटै गोलका लागि स्वीकृत भएको थियो ।

यो खेलमा देखिएको भीएआर सिस्टमले भने हैरान बनायो ।

उत्तिकै विवादित भयो । भीएआरले स्टर्लिङलाई अफ साइडमा देखाइदिएपछि जिससको दोस्रो गोल भने अमान्य भयो ।
त्यस्तै अग्युरोले पेनाल्टीमा गोल गर्न नसके पनि फेरि भीएआरबाट फेरि पेनाल्टी हान्न दिइएपछि गोल गर्न सफल रहे ।
तीन पटक भीएआरले भूमिका खेलेको थियो ।