arrow

घुस रकमसहित सव इन्जिनीयर पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन २४ शुक्रबार
pakrau-new.jpeg

जनकपुरधाम ।  प्रदेश नम्बर दुईको राजधानी जनकपुरधामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार एक सव इन्जिनीयरलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको छ ।

स्रोतका  जानकारी अनुसार धनुषा जिल्ला को नगराईन नगरपालिकाका सव इन्जिनीयर उमेश मण्डललाई सेवाग्राहीबाट सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत घुस लिएको ५५ हजार रुपैया  नगदसहित अख्तियार टोलीले पक्राउ गरेको हो ।

मण्डलले सेवाग्राहीलाई घुसको रकम लिइर जनकपुर अंचल अस्पताल अगाडि बोलाएका थिए । विशेष सूचनाको आधारमा महोत्तरीको बर्दिबासबाट खटिएका अख्तियारको टोलीले मण्डललाई घुसको रकम सहित पक्राउ गरेको हो  ।

शुक्रवार बेलुका सबा ६ बजेको समयमा मण्डललाई घुस लेनदेन भइसकेपछि जान लाग्दा सुराकी खटिएका अख्तियार टोलले मण्डललाई रंगेहात पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ