प्रचण्डको अभिव्यक्ति हतास मानसिकताको उपज : कमल थापा
'हामीले जोडले सास फेरे मात्रै पनि उहाँहरुलाई गाह्रो हुने देखियो'
प्रकाशित २०७६ साउन २४ शुक्रबार
255
Shares
धुलिखेल (काभ्रे) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएको अभिव्यक्ति आपत्तिजनक , हतास मानसिकताको उपज र संविधानको भावना बिपरित रहेको बताएका छन् ।
प्रचण्डको भनाइ जनयुद्धकालिन भाषा शैली र अधिनायकवादि सोचको धोतक भएको भन्दै थापाले प्रधानमन्त्री भईसकेको र फेरि प्रधानमन्त्री हुन इच्छा राख्ने ब्यक्तिले यस्तो अभिव्यक्ति दिनु अशोभनीय भएको जिकिर गरे ।
१ सय गुरिल्ला एउटा भरुवा बन्दुक र एउटा पेस्तोलबाट राज्य सत्ता र तत्कालीन ब्यबस्थालाई च्यालेन्ज गर्ने प्रचण्ड १७ हजार मान्छे मर्ने र मराउने कार्य गर्न सक्ने असाधारण क्षमता र आँट भएको ब्यक्ती भन्दै थापाले कांग्रेस र एमालेलाई सिद्धान्त च्युत गर्न पनि गज्जबले सफल भएको बिचार ब्यक्त गरे ।
कांग्रेसलाई वीपीको बिचार र एमालेलाई मदन भण्डारीको बिचारबाट च्युत गराउन प्रचण्ड सफल भएको भन्दै धर्मनिरपेक्षता , गणतन्त्र र संघीयता जस्ता बिदेशी एजेन्डा भित्र्याउन समेत उनी सफल भएको थापाले चर्चा गरे । यस्तो सफल मान्छे राजसंस्था र राजसंस्था पक्षधर सङ्ग तर्सिनु चाहिँ आश्चर्य भएको थापाको टिप्पणी थियो ।
अरुलाई सिद्धान्त च्युत गरे जस्तै राप्रपाको चट्टानि अडानको कारण सिद्धान्तच्युत गर्न नसक्दा छट्पटी भएको थापाको धारणा थियो । 'हामीले जोडले सास फेरे मात्रै पनि उहाँहरुलाई गाह्रो हुने देखियो' थापाले थपे ।
राष्ट्रिय सार्बभौमिकता, एकता र अखण्डता बाहेक सबै परिबर्तनिय भएको भन्दै थापाले कांग्रेस र कम्युनिस्टको बैचारिक विकल्प राप्रपाले मात्र दिन सक्ने दाबी गरे । भ्रष्टाचार गर्ने, बेरोजगार बढाउने , बिकास नगर्ने, बिदिशिको चाकरी गर्ने , राष्ट्रियता कमजोर बनाउने काम तीब्र गतिमा भएकोले आगामी दिनमा राप्रपा बिकल्प बनेर अगाडि आउने थापाको कथन थियो ।
प्रजातन्त्र ब्यबस्था हो यसको बिकल्प नभएको भन्दै थापाले गणतन्त्र वा राजसस्था ब्यबस्था नभई शासकिय स्वरुप मात्र भएको बताए । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा र बुद्धिमान तामाङले पार्टीलाई बलियो शक्ति बनाउन देशब्यापी अभियान संचालन गर्ने बताए । प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागीता रहेको र प्रशिक्षण आज र भोलि चल्ने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।