arrow

महिला संघ ७२ बर्षमा

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
mahila_sangh.JPG

काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७२ औँ स्थापना दिवश विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

स्थापना दिवशका अवसरमा संघले ७७ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम, अन्तर्क्रिया, बिचार गोष्ठी लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिइन।

संघको केन्द्रीय कार्यालय धापासीमा दिउसो १२ बजे पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यततामा विचार गोष्ठी कार्यक्रम गर्ने तय भएको अध्यक्ष रेग्मीले बताइन।

जुझारु महिला नेतृ मंगलादेवी सिंहको अगुवाइमा नेपाल महिला संघको स्थापना विक्रम संम्वत २००४ सालमा स्थापना भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ