arrow

बिहानै त्रिशूलीमा बस खस्यो, तीन जनाको मृत्यु, २५ बेपत्ता, १२ गम्भीर घाइते    

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
accident-final.jpeg

गजुरी । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।     
     
 घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । 

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ