arrow

पौडी खेल्ने क्रममा डुबेर दुईको मृत्यु

logo
प्रकाशित २०७६ साउन २२ बुधबार
water-kill.jpg

सर्लाही। सर्लाहीका बेग्लाबेग्लै स्थानमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको उत्तरी चुरेभेगस्थित हरिवन नगरपालिका–१, मा बिलन्दी खोलामा डुबेर स्थानीय सोमबहादुर थिङका १२ वर्षीय छोरा सम्थेन थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका सम्थेन पौडी खेल्नेक्रममा खोलाको गहिरो स्थल (दह) मा डुब्दा घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । मृतकको शव गाउँले र प्रहरी मिलेर झण्डै ६ घण्टापछि दहबाट बाहिर निकालिएको थियो ।

यस्तै जिल्लाको उत्तर–पश्चिम भेगस्थित बागमती नगरपालिका–४, नयाँबस्तीमा गोडारी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । साथीहरुसँगै खोलामा पौडी खेल्न गएकी स्थानीय गुणबहादुर चिताउरे मगरकी ८ वर्षीया छोरी अस्मिता चिताउरे मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

अस्मितासँगै खोलामा डुबेकी मक्करबहादुर विश्वकर्माकी ७ वर्षीया छोरी आकृति विश्वकर्मालाई भने स्थानीयवासीले सकुसल उद्धार गरेका छन् । मृतक दुवैको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ