पोखरा २१ का वडाध्यक्ष खगराज नेकपाकै कार्यकर्ताबाट कुटिए
प्रकाशित २०७६ साउन २१ मंगलबार
644
Shares
काठमाडौं । पछिल्लो समय जनप्रतिनिधिले जनताको हातबाट पिटाइ खाएका खबरहरु बाहिर आइरहेका छन् । पोखरा महानगर वडा नं २१ का अध्यक्ष खगराज आचार्य पनि आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् । उनी नेकपा एमाले बाट बिजय भएका हुन।
स्वर्गिय रबीन्द्र अधिकारीकै वडाका आचार्य पछिल्लो समय रबीन्द्रको घोर बिरोधीका रुपमा उत्रिएका थिए। कहिले मानब अधिकारबादी बन्ने त कहिले नागरिक समाज
बनेर वडाध्यक्ष भएका आचार्य डोजर काण्ड, र उपभोक्तासंग कमिशनको चक्करमा चलखेल गरेको आरोपित थिए। आचार्यलाई के कारण आफ्नै कार्यकर्ताबाट मुक्का प्रहार भयो भन्ने कुरा अनुसन्धानको बिषय बनेको छ।
सोमबार साँझ राष्ट्र बैंकचोकस्थित जुस पसलमा बसिरहेको बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्षमाथी मुक्का प्रहार गरेका हुन।
मुक्का प्रहार पछि आचार्यले दातारामलाई वडा प्रहरी कार्यालय बैदाममा हारगुहार गरेपछि आइतबार साँझै नियन्त्रणमा परेका थिए। कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले आन्तरिक विवादका कारण झगडा परेको बताए