-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा रेनसलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो ।

केलियन एमबाप्पे र एन्जल डी मारियाले १–१ गोल गर्दै पीएसजीलाई जिताए । रेनसका एड्रीन होन्युले एक सान्त्वना गोल फर्काए ।

पीएसजीले लियोंलाई पछि पार्दै नवौं पटक उपाधि जितको कीर्तिमान रचेको हो । लियोंले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।

पीएसजीले लगातार सातौं पटक यो उपाधि जितेको कीर्तिमान पनि रचेको छ ।
