साँखुमा माधव नेपालपछि मन्त्री अर्यालले ब्यहोरिन् कालो झण्डा
प्रकाशित २०७६ साउन १३ सोमबार
901
Shares
साँखु । कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरको आयोजनामा सोमबार मालपोत कार्यालय साँखुमा भएको सुविधायुक्त मालपोत कार्यालय घोषणा कार्यक्रममा सहभागी हुन आएकी भूमिसुधार मन्त्री पद्मा अर्याललाई साँखुमा कालो झण्डा देखाइ बिरोध गरिएको छ ।
स्थानीय राज दास श्रेष्ठ एबम दिलिप कुमार श्रेष्ठको नेतृत्वका युवाहरुले बैंक अफ काठमाडौँको कार्यालय नजिकै कालो झण्डा देखाएको स्थानीय मिलन खड्काले बताए ।
कालो झण्डा देखाउने संकेत पाउनासाथ प्रशासनले कडाई गरेका कारण मालपोत कार्यालयमा भएको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासी पछि मात्रै कार्यक्रमस्थलमा प्रवेश गर्न दिइएको थियो ।
मालपोत कार्यालयको शुभारम्भ कार्यक्रम सकिएपछि नापी कार्यालय साँखुमा निरिक्षणको लागि मन्त्री अर्याल पुगेकी थिइन् । त्यसपछि फर्किने क्रममा प्रदर्शनकारीले मन्त्री अर्याललाई कालो झण्डा देखाउँदै नालायक मन्त्री राजिनामा दे भन्दै नारा लगाएका थिए ।
जोरपाटी देखि साँखुसम्मको सडक बिस्तारको काम अलपत्रपारि स्थानीयको जनजीवन प्रभावित गरेको र स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीयहरुले सो क्षेत्रबाट निर्वाचित सांसद माधव कुमार नेपाललाई समेत कालो झण्डा देखाएका थिए ।