धनकुटा । पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परी बिचल्लीमा परेका छन्। केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण भेडेटारका २३ घर जोखिममा परेका हुन् ।
जोखिममा रेहेका २३ घर मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको वडाध्यक्ष यम(दिपक)मगरले वताए । पहिरोले क्षती भएको मजुवा गाउको स्थितिको वारेमा वडाध्यक्ष दिपक मगरले पहिरोको क्षती र उद्धार तथा राहतको वारेमा स्थलगत रुपमा गएको पूर्व सांसद तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनाोहर नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाल ट्रेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा, कमल कार्कीसहितको टोलीलाई क्षतीको वारेमा जानकारी दिदै राहत तथा उद्धार पीडितहरुलाई स्थानान्तरणका लागी पहल गरिदिन आग्रह गरेका छन् ।
सो अवसरमा संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठको टोलीले पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने र राहतका लागी पहल गर्ने विश्वास दिलाए ।