arrow

मौसमले अझै सचेत गराइरहेछ 

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
weather.jpeg

काठमाडौं । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिणतिर रहेको छ । यसका कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

मौसमविद् विभूती पोखरेलका अनुसार उपत्यकामा बदली, देशभर बदली भइरहेको छ । हल्कादेखि मध्यम वर्षा हुनेछ ।

उपत्यकाभित्र वर्षा हुने सम्भावना छ । राति काठमाडौं उपत्यकामा निरन्तर वर्षा भएको थियो । 

पहाडी भूभागमा भने वर्षा हुनेछ । उनका अनुसार दुई तीन दिनका लागि मनसुन कम हुनेछ । 

भारी वर्षा कम नै हुने भए पनि मनसुनी समय भएकाले कुनै पनि समय गडबढी हुन सक्ने भएकाले सचेतना भने अपनाउन आग्रह गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ