काठमाडौं । सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा अहिले नेपालले कतारसंग खेलिरहेको छ ।
नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भएको छ ।
६ ओभरमा नेपालले १ विकेटको नोक्सानीमा ४९ रन बनाएको हो । पारसले १७ बलमा १ छक्का र ४ चौकाको मद्धतले २८ रन बनाए ।
जारी छनोटमा नेपाल शीर्ष वरियताप्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी–२० वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।
आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो ।
नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएकामा ४ एक दिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेल जितेको छ ।
त्यस्तै टी–२० मा नेपालले १ र कतारले १ खेल जितेको छ ।