arrow

बाढी पहिरो पिडितलाई नेबिसंघको राहत वितरण 

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
nsu-tarai-relif.jpg

काठमाडौं। मनसुनसंगै आएको बाढी, पहिरो र डुवानबाट पिडितको लागि राहत संकलन र उद्दारमा उत्रिएको नेबिसंघले बीपी स्मृति दिवस पारी रौतहट जिल्लाको गढिमाई नगरपालिका -३ ( लक्ष्मीपुर) मा राहत वितरण गरेको छ। 

नेबिसंघ निवर्तमान महामन्त्री कुन्दन राज काफ्ले को नेतृत्वमा पुगेको टोलीले राहत बितरण गरेको हो। लक्ष्मीपुरको २०० परिवारलाई प्रती परिवार त्रिपाल-१थान, चामल -१ बोरा, तेल, चाउचाउ, बिस्कुट र लत्ताकपडा बितरण गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुसिल भट्टले जानकारी दिए।

राहत सामग्री १ हप्ता अगाडी देशभरिका विभिन्न क्याम्पसबाट तथा सांगितिक कार्यक्रम गरि संकलन गरिएको बिद्यार्थी नेता मनिष सिंखडाले बताए।

राहत बितरण कार्यक्रममा रौतहट नेका सभापति कृष्ण यादब, सांसद देब प्रसाद तिमल्सिना, धनलाल थोकर,स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ