काठमाडौं । जर्जिया जाँदा नेपालीहरुले भिसाको पैसा तिर्नु नपर्ने भएको छ । सोमबार नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा)शुल्क नलिने सहमति भएको हो । नेपाल र जर्जियाबीच सचिवस्तरमा परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो ।
दुवै देशका कूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बताए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उहाँका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। आजै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।