बाढी पहिरो र डुवान पिडितको लागि नेविसंघको राहत संकलन
प्रकाशित २०७६ असार ३० सोमबार
282
Shares
काठमाडौं। देशभर आएको भारी बर्षासँगै आएको बाढी, पहिरो र डुवानका कारण विस्थापित भएकाहरुका लागि नेपाल विद्यार्थी संघले राहत संकलन सुरु गरेको छ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा सोमबारबाट राहत संकलन सुरु गरेको हो ।
देशका विभिन्न क्षेत्रमा आएको बाढीका कारण विस्थापित भएकाहरुलाई सहयोग गर्ने हेतुले राहत संकलन गरिएको नेविसंघका केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए ।
नेविसंघले तीन दिनसम्म जिन्सी तथा नगद संकलन गर्ने जनाएको छ ।
सोमबार राजधानीको न्युरोड, वसन्तपुर, भोटाहिटी, कोटेश्वर लगायतका क्षेत्रबाट करिब ५० हजार बराबरको जिन्सी तथा नगद संकलन भएको नेविसंघले जनाएको छ ।