arrow

केन विलियम्सन प्लेयर अफ दि सिरिज, अरु को को ? 

logo
प्रकाशित २०७६ असार ३० सोमबार
ken.jpg

काठमाडौं । इंगल्याण्डमा आइतबार राति सम्पन्न १२ औं संस्करणको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि इंगल्याण्डले जितेको छ । उपाधिसंगै इंगल्याण्डले ४० लाख डलर विश्वकप विजेता टोलीका नाताले पाएको छ । 

उपविजेता बनेको न्यूजिल्याण्डले २० लाख डलर पाएको छ । विजेताले सुन–चाँदीबाट बनेको ११ किलोको ट्रफी पनि पाएको छ । 

त्यस्तै सेमिफाइनलसम्म पुग्ने टोली भारत र अष्ट्रेलियाले ८–८ लाख डलर पुरस्कार पाएका छन् । 

लिग चरणमा कुनै खेल जित्ने सबै टोलीलाई ४०–४० हजार डलर दिइएको छ । 

व्यक्तिगततर्फ उत्कृष्ट

न्यूजिल्याण्डका कप्तान केन विलियम्सन ‘प्लेयर अफ दि सिरिज’ बनेका छन् ।

यो विश्वकपमा विलियम्सनले ९ खेलमा ५७८ रन बनाए । जसमा उनले २ शतक र २ अर्धशतक बनाएका थिए  ।

यस्तै विलियम्सनले एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान समेत बनाएका थिए ।

विलियम्सनले श्रीलंकाका पूर्व कप्तान महेला जयवर्दनेले बनाएको कीर्तिमान भङ्ग गरेका हुन् । 

जयवर्दनेले सन् २००७ को विश्वकपमा ५४८ रन जोड्दै एकै विश्वकपमा सर्वाधिक रन जोड्ने कप्तानको कीर्तिमान बनाएका थिए ।

विलियम्सनले फाइनल खेलमा ३० रन बनाएका थिए । 

बेन स्टोक्स
बेन स्टोक्स म्यान अफ द फाइनल बनेका छन् । स्टोक्सले ९८ बलमा ८४ रन बनाएका थिए । 

जसमा २ छक्का र ५ चौका समावेश थियो । उनको यही रनले इंगल्याण्डले सुपर ओभर खेल्न पाएको थियो भने सुपर ओभरमा इंगल्याण्डले विना कुनै विकेटको नोक्सानीमा १५ रन बनाएकामा स्टोक्सको ब्याटबाट १२ रन बनेको थियो । 

रोहित शर्मा नम्बर एक ब्याट्सम्यान
भारतीय कीर्तिमानी ब्याट्सम्यान नम्बर एक ब्याट्सम्यान बनेका छन् । रोहितले यो विश्वकपमा मात्रै पाँच वटा सतक हानेका थिए । 

कुनै पनि विश्वकपको एकै संस्करणमा पाँच सतक बनाउने रोहित एक्ला खेलाडी हुन् । 

उनले ९ खेलमा ६४८ रन बनाए । यो सबैभन्दा बढी हो । सेमिफाइनलबाटै बाहिरिएको अष्ट्रेलियाका खेलाडी डेभिड वार्नरले १० खेलमा ६४७ रन बनाए । 

मिचेल स्टार्क नम्बर एक बलर
अष्ट्रेलियाका बलर मिचेल स्टार्क नम्बर एक बलर बनेका छन् । उनले १० खेलमा २७ विकेट लिए ।

लक्की फर्गुसनले २१ तथा जोफ्रा आर्चरले २० विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ