arrow

इन्द्र सरोवर भरियो, निकास खोल्नुपर्ने भएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

logo
प्रकाशित २०७६ असार ३० सोमबार
kulekhani-dam-1.jpg

काठमाडौं । कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । सोमबार विहान २५/४.३० मिटर पुगेपछि त्यसको नियन्त्रणको लागि बाँध खोल्नु पर्ने स्थिति आएको गृहमन्त्रालय अन्तर्गत्को राष्ट्रिय आपतकालीन उद्दार केन्द्रले जनाएको छ ।

बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएकोले मध्याह्नदेखि ईन्द्रसरोबर भन्दा तल्लो तटीय क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन भनिएको छ। नेपाल प्रहरीले सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई आवश्यक सतर्कता अपनाउन पनि निर्देशन दिएको छ । 

नेपाल प्रहरीले बाढी पहिरोमा परी ज्यान गुमाउनेको तथ्यांक सार्वजनिक गरेको छ । सोमबार नेपाल प्रहरीले विहान नौ बजेसम्म ६५ जनाको ज्यान गएको विवरण पेश गरेका हुन् । अविरल वर्षाको कारण हालसम्म मृत्यु हुनेमा महिला २४ र पुरुष ४१ जना रहेका छन् । 

जसमा ३८ जना घाईते भएका छन् । घाइते मध्ये महिला १७ र पुरुष २१ जना रहेका छन् । ३० जना बेपत्ता रहेका छन् । महिला १२ र पुरुष १८ जना रहेका छन् । जसमा १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ