arrow

बच्चा चोर्ने महिला बागलुङबाट पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ असार २८ शनिबार
mothers-day.jpg

बुटवल । लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चोर्ने महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ पाल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । नवजात शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली समेत महिला र बच्चा भेटिएको स्थलमा पुगेको छ । महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ