arrow

पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुर्‍यो

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
dead2.jpg

काठमाडौँ । काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ ।

 बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पुर्‍याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ ।
     
उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ