मंगलबार नै भारत–न्यूजिल्याण्ड खेल सक्न कति ओभरमा कति रनको चुनौती ?
प्रकाशित २०७६ असार २४ मंगलबार
378
Shares
काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको भारत र न्यूजिल्याण्ड बीचको पहिलो सेमिफाइनल खेल वर्षाले गर्दा रोकिएको छ ।
म्यानचेस्टरमा पूरा हुनुपर्ने खेल बीचमै रोकिएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको नोक्सानीमा २११ रन बनाएको छ ।
रोस टेलर ६७ रनमा नटआउट छन् भने कप्तान केन विलियम्सन ६७ रनमा आउट भए ।
जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्डेया, रबिन्द्र जडेजा र युजभेन्द्र चाहालले समान १–१ विकेट लिए ।
बफर जोन सुरु
खेल अगाडि बढ्न नसक्दा वर्षा रोकिने आशामा खेल मंगलबार नै सकाउने प्रयास भइरहेको छ । यसका लागि बफर जोन सुरु भएको छ ।
यस अनुसार हरेक ४ मिनेटमा एक ओभर घट्दै जानेछ । यस अनुसार चुनौती पनि परिवर्तन हुँदै जानेछ ।
यस्तो छ चुनौतीको आँकडा–
४६ ओभरको खेल भएमा भारतलाई चुनौती २३७ रनको हुनेछ ।
४० ओभरको खेल सम्भव भए चुनौती २२३ रनको हुनेछ ।
३५ ओभरको खेल सम्भव भए चुनौती २०९ रनको हुनेछ ।
३० ओभरको खेल सम्भव भए चुनौती २०९ रनको हुनेछ ।
२५ ओभरको खेल सम्भव भए चुनौती १७२ रनको हुनेछ ।
२० ओभरको खेल सम्भव भए चुनौती १४८ रनको हुनेछ ।
२० भन्दा तलको ओभरमा चुनौती एक दिवसीय क्रिकेटमा दिइँदैन । यदि त्यस्तो भयो भने खेल रद्ध हुनेछ ।