arrow

अष्ट्रेलिया दक्षिण अफ्रिकासंग हार्यो, यस्तो बन्यो सेमिफाइनल समीकरण 

logo
प्रकाशित २०७६ असार २२ आइतबार
south-africa2.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलमा अष्ट्रेलिया पराजित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । 

खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो । ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा अलआउट हुँदै ३१५ रन सम्म बनाउन सक्यो ।

डेभिड वार्नरले ११७ बलमा १५ चौका र २ छक्कासहित १२२ रन बनाए । यस्तै एलेक्स केरीले ८५ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिए  । यस्तै एडिले लक्की र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ६ विकेटको नोक्सानीमा ३२५ रन बनाएको थियो ।

कप्तान फाप डु प्लेसिसले १०० रन बनाए । भान डेर डुसेनले ९५ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २–२ विकेट लिए ।

सेमिफाइनल समीकरण 
भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो भयो । भारतको १५ अंक छ । अष्ट्रेलियाको १४, इंगल्याण्डको १२ तथा न्यूजिल्याण्डको ११ अंक छ । 

अब पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार जुलाइ ९ मा म्यानचेस्टरमा हुनेछ ।

दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंगल्याण्ड बिहीबार (जुलाई ११ मा) हुनेछ ।

फाइनल खेल अर्को आइतबार (जुलाई १४ मा) हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ