-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । मोहमद सलाहले नायकी खेल खेलेसंगै ईजिप्टलाई समूह विजेता बनाउँदै अफ्रिका कप अफ नेसन्स फुटबलको प्रिक्वार्टरफाइनलमा पुर्याएका छन् ।
समूह चरणको अन्तिम खेलमा ईजिप्टले युगाण्डालाई २–० गोल अन्तरले हरायो ।
खेलको ३६ औं मिनेटमा सलाहले फ्रिकिक मार्फत गोल गर्दै ईजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको ईन्जुरी समयमा एल मोहम्मदीले गोल गर्दै ईजिप्टको जित २–० ले सुनिश्चित गरेका थिए ।

जितसंगै ईजिप्ट ३ खेलबाट ९ अंकसहित समूह विजेताको रुपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

समूह ए बाट ईजिप्ट विजेता हुँदा युगाण्डाले समूह उपविजेताको रुपमा प्रिक्वार्टरफाइनलमा स्थान बनाएको छ । युगाण्डाले ३ खेलबाट ४ अक जोड्यो ।

ईजिप्ट सात पटकको च्याम्पियन हो ।