संसदीय समितिलाई सूचना नै नपुगेपछि ३ दिन सर्यो लोकसेवाको विज्ञापन सम्बन्धी फैसला
प्रकाशित २०७६ असार ११ बुधबार
570
Shares
काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग सम्बन्धी चारवटा मुद्दालाई आइतबारसम्मकोलागि स्थगित गरेको छ । बुधबारको लागि तोकिएको पेशी प्रतिवादी संसदीय समितिलाई फैसलाको बारेमा सूचना नै नपुगेका कारण ३ दिनको लागि सारिएको हो ।
बुधबार न्यायाधीसहरु हरिकृष्ण कार्की र आनन्द मोहन भट्टराईको इजलासमा फैसला गर्ने कार्यसूची राखिएको थियो । तर यसमा प्रतिउत्तरको लागि संसदको राज्य व्यवस्था समितिमा पठाइएको सूचना नै नपुगेको जानकारी आएपछि समितिको प्रतिउत्तर आएपछि आइतबार मात्रै यसको फैसला गर्ने निर्णय भएको हो ।
लोकसेवा आयोगले जारी गरेको पदपूर्ती सम्बन्धी विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरित रहेको भनेर अदालतमा मुद्दा परेपछि संसद्को राज्य व्यवस्था समितिले पनि यो विज्ञापन सच्याउन सरकारलाई निर्देशन दिएको थियो । समितिले विज्ञापनले संविधानको समावेशी सिद्धान्तको मर्मलाई पालना नगरेको भन्दै सच्याउन सरकारलाई निर्देशन दिएको हो । अदालतले समान प्रकृतिका ४ वटा मुद्दाहरु एउटै बेन्चमा राखेर सुनुवाई गर्दै आइरहेको छ ।