बझाङ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको अघिल्लो दिन तीन बटा वडा कार्यालयमा आगजनी गरेको छ । भने एक वडामा शंकापद बस्तु राखेको छ । जिल्लाको जयपृथ्बी नगरपालिका ३ पडेस, मष्टागाउँपालिका १ र बिथ्थडचिर गाउँपालिका ६ मा आगजनी गरेको जिलला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
नेकपा विप्लव समुह गरेको बन्दका क्रममा विभिन्न स्थानीय तहमा शंकास्पद वस्तु फेला परेको छ । बिहान ४ बजे वित्थडचिर गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा विप्लव समूहले आगजनी र तोडफोड गरेको छ । बिहान ५ बजे तिर आगजनीबाट वडा कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता हर्क धामीले बताए ।
उनले भने,'कागजात जलाइएपछि नियमित कार्यालयको कामकाज ठप्प भएको छ ।' साथै वडा नम्बर ६ मा रहेको भगवती प्राविको कक्षाकोठामा समेत तोडफोड गरी टेबलकुर्सी जलाइएको अध्यक्ष धामीले बताए ।
यस्तै, जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनीको हुदा सामान्य क्षती भएको बुझिएको छ । अज्ञात समूहले बिहान ४ बजे वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगो लगाएको वडा नम्बर ३ का वडा अध्यक्ष कलक ओलीले बताए । वडा कार्यालय पडेस गाउँ नजिकै भएका कारण स्थानीयले तत्कालै थाहा पाए पछि आगो नियन्त्रणमा लिएको उनको भनाई छ ।
आगलागीबाट वडा नम्बर ३ को मूल ढोकामा सामान्य क्षति पुगेको छ । त्यस्तै जिल्लाको मष्टा गाउँपालिका १मा समेत आगजनी भएको छ । आगजनीबाट ढोकामा सामान्य क्षती पुगेको साथै वडा सचिब नै कार्यालय भित्र सुतिरहेकाले आगोलाई नियन्तणमा लिन सफल भएको वडा अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । उनले भने,'अज्ञात समुहको एका टोलीले बिहान चारबजे आगजनी गरेको हो ।'
यस्तै, बुंगल नगरपालिका वडा नम्बर ११ मा समेत शंकास्पद वस्तु राखिएको छ । वडा नम्बर ११ को मूल ढोकामा जीआई पाइपबाट मोबाइलको ब्याट्रीमा तार बेरेर वडा कार्यालय भित्र दुईवटा तार लगिएको वडा नम्बर ११ का वडा सदस्य नबहादुर पातलीले जानकारी दिए । उनका अनुसार कसले राखेको हो भन्ने केही पनि जानकारी नभएको तर अहिले सो कुराको जानकारी सुरक्षा निकायलाई गराएको बताए ।
यता प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले यी घटनाबाट सामानय क्षती भएको र आगजनी गर्नेहरुको खोजीकार्य जारी रहेको बताए । उनले भने बुंगल ८को कार्यालयमा शंकास्पद बस्तु छ भन्ने खबर आएकाले नेपाली सेनाका बम डिस्पोजल टोली खटिएको समेत जानकारी दिए ।
१० गते भनिएको बन्दको प्रभाव बझाङमा समेत परेको छ । बन्दका कारण बझाङको जनजीवन बिहानैदेखि प्रभावित भएको हो । बन्दका कारण लामो तथा छोटो दूरीका यातायातका कुनै पनि साधन नचलेको अस्थायी ट्राफिक चेक पोस्ट सिमखेतले जनाएको छ ।