स्कुल छुट्टीपछि सेतीमा नुहाउन गएका ७ बर्षिय बालक मृत फेला
प्रकाशित २०७६ असार ६ शुक्रबार
331
Shares
डोटी । डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार शुक्रबार सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो ।
स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए ।
नुहाउने क्रममा एकाएक बगेका बालक बलायर करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।