धनकुटामा जागरण अभियानले ल्यायो नयाँ उत्साह र उर्जा
प्रकाशित २०७६ असार ५ बिहिबार
305
Shares
धनकुटा । पहिलो चरणको जागरण अभियानले नेपाली कांग्रेस धनकुटा कांग्रेसजनमा नयाँ उत्साह र उर्जा पैदा गरेको बिहिबार नेपाली कांग्रेस धनकुटाले जनाएको छ । हिमाल,पहाड,तराई,मधेस जागरण अभियान उद्घोषका साथ नेपाली कांग्रेसको संगठनलाई सशक्त र क्रियाशिल बनाउने उदेश्यले संचालन गरिएको राष्टिय जागरण अभियान धनकुटामा सफल भएकोले जागरणअभियानका अभियान्तहरुलाई धन्यवाद दिने निर्णय गरी धन्यवाद दिइएको नेपाली कांग्रेस धनकुटाले आज जनाएको छ ।
बैशाख २५ गते देखी एक महिनासम्म संचालन भएको जागरण अभियानका लागि धनकुटा जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय समितिबाट खटिएका नेपाली कांग्रेसका नेता तथा पूर्व राज्य मन्त्री दिपक खड्का, धनकुटाको ६० वटै वडामा जागरण अभियानका प्रतिनिधिहरु, जिल्ला,क्षेत्र,स्थानीयतहका अनुगमन समिति तथा सवै तहका समितिलाई जिल्ला कार्य समितिको बैठकले धन्यावद दिने निर्णय गरेकोले सवैलाई धन्यवाद पत्र पठाइएको पार्टी सभापति अग्नी प्रसाद पौडेलले वताए ।
केन्द्र प्रतिनिधी तथा नेता दिपक खड्काले अन्य जिल्लामा भन्दा फरक ढंगले धनकुटा जिल्लामा सवै वडा र टोल टोल सम्म पहिलो चरणकै जागरण अभियानमा जागरण अभियानको प्रतिनिधि खटाई कार्यक्रम गर्न लगाई संगठनको अवस्था र सुधार गर्न पर्ने विषयमा प्रतिवेदन समेत तयार गर्न लगाई प्रस्तुत गर्न लगाएकोले पनि धनकुटामा जागरण अभियान प्रभावकारी बनेको र सफल भएको पार्टी सचिव विजय सन्तोषी राईले बताए ।
धनकुटाका ६० वटै वडाहरुमा पुगी जागरण अभियानका अभियान्तहरुले छलफल तथा अन्र्तक्रिया,सभाहरु समेत गरी कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा जागरण ल्याएको र सुस्त तथा निक्रिय अवस्थामा रहेको संगठन चलायमान भएको नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईले बताए ।
धनकुटाका लागि जागरण अभियानका लागि खटिनु भएका केन्द्रीय प्रतिनिधि तथा यूवा नेता दिपक खड्काले धनकुटाको जागरण अभियानको प्रतिवेदनसहित धनकुटा कांग्रेसलाई कमजोर हुनुका कारण र सशक्त बनाई निर्वाचन जित्न सक्ने उपाहरुको वारेमा सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पार्टीका महामन्त्री पूर्ण वहादुर खड्कालाई बुझाएका थिए ।
पहिलो चरणको जागरण अभियानबाट नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरु जागृत भएको र अव संचालन हुने दोस्रो र तेस्रो चरणको जागरण अभियानबाट पुरै जिल्लाका सवै नागरिकहरुलाईनै जागृत गराउने र नेपाली कांग्रेसलाई सशक्त र सक्रिय बनाउदै धनकुटको विकास र समृद्धीका लागि अझ प्रभावकारी रुपमा अभियान संचालन गरिने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोाषी राईले जानकारी दिए ।