arrow

अष्ट्रेलिया शीर्ष स्थानमा पुग्यो, दक्षिण अफ्रिकाको पहिलो जित

logo
प्रकाशित २०७६ असार १ आइतबार
south-africa1.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको विश्वकप एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा पुगेको छ । अष्ट्रेलियाले शनिबार राति श्रीलंकालाई ८७ रनले पराजित गरेपछि शीर्ष स्थानमा पुगेको हो । 

CWC19: SL v AUS - Cummins gets Pradeep, confirms victory

लण्डनमा भएको खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा ३३४ रन बनायो । कप्तान आरोन फिन्चले १५३ रन बनाए । इसुरु उडाना र धनन्जय डेसिल्भाले २–२ विकेट लिए । 

CWC19: SL v AUS - Richardson has Malinga caught in the covers

जवाफमा श्रीलंकाले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै जितको आधार बनाए पनि त्यो आधार निराधार सावित भयो । टिम ४५.५ ओभरमा अलआउट हुँदै २४७ रनमा अलआउट भयो । 

दिमुथ करुणारत्नेले ९७ र कुशल परेराले ५२ रन बनाए पनि त्यो खेर गयो । मिचेल स्टार्चले ४ तथा केन रिचर्डसनले ३ विकेट लिए । 

जितपछि ५ खेलबाट ८ अंकको अष्ट्रेलिया शीर्ष स्थानमा पुगेको छ । 

दक्षिण अफ्रिकाको पहिलो जित   

दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेको छ । कार्डिफमा शनिबार राति सबैभन्दा कमजोर अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।

GettyImages-1150165995

र्षाले प्रभावित गरेपछि ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । 

जवाफमा दक्षिण अफ्रिकाले २८.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । क्विनटन डी ककले ६८ र हासिम अमलाले नटआउट ४१ रन बनाए । 

GettyImages-1156129875

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो ।

इमरान ताहिरले ४ तथा क्रिस मोरिसले ३ विकेट लिए ।

यो जितले दक्षिण अफ्रिकाको ५ खेलबाट ३ अंक भएको छ । पुछारको अफगानिस्तानले खेलेका चारै वटा खेल हारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ