रोनाल्डोलाई पछि पार्दै सर्वाधिक कमाईमा मेस्सी अगाडि, यी हुन् विश्वका सर्वाधिक कमाउने १०० खेलाडी
प्रकाशित २०७६ जेठ २९ बुधबार
741
Shares
काठमाडौं । फुटबल स्टार लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडी बनेका हुन् ।
मेस्सीले उनको चिरपरिचित प्रतिस्पर्धी पोर्चुगल तथा युभेन्ट्सका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । तथ्यांकअनुसार मेस्सीको बार्षिक कमाई ९९.८ मिलियन पाउन्ड रहेको छ ।
दोस्रो स्थानका रोनाल्डो मेस्सी भन्दा १४ मिलियन पाृउन्डले अगाडि रहेका छन् । रोनाल्डोले ८५.५ मिलियन पाउन्ड कमाइ गरे । अर्का फुटबल स्टार ब्राजिल तथा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमार ८२.५ मिलियन पाउन्डका साथ तेस्रो स्थानमा रहेका छन् ।
मेक्सिकन बक्सर कानेलो अल्भारेज ७३.९ मिलियन पाउन्डसहित आफूलाई चौथो स्थानमा राख्न सफल भए । स्वीस टेनिस स्टार रोजर फेडेरर ९३.४ मिलियन पाउन्डसहित पाँचौ स्थानमा छन् ।