arrow

नेयमार ब्रजिल टोलीबाट बाहिर, कोपा यात्रामा धक्का

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
neymar-new-denmark.JPG.jpeg

काठमाडौं। ब्रजिलका स्टार खेलाडी नेयमार चोटका कारण कोपा अमेरिकाबाट बाहिरिएका छण्। कतार बिरुद्धको मैत्रीपुर्ण खेलमा घाईते भएका नेयमारलाई दाँया गोलीगाँठोमा चोट लागे पछि उनी मैदानबाट बाहिरिएका थिए।

उनको गोलीगाँठोको लिगामेन्ट च्यातिएको समाचार एजेन्सीहरुले बताएका छन्। उनलाई ठिक हुने समय नपुग्ने भएकोले कोपा अमेरिका प्रतियोगिताबाट बाहिरिएको घोषणा गरिएको छ। ब्राजिल छनोट समितीले उनको स्थानमा नयाँ खेलाडी छनोट गर्ने छ।

फ्रेन्च क्लब पिएसजीबाट खेल्ने नेयमार घाईते भएर सिजनको बिचमा टोलीबाट बाहिरिएका थिए। यसपाली कोपा अमेरिकाको उपाधि जित्ने दावेदार मानिएको ब्रजिललाई नेयमारको बहिर्गमनले असर गर्नेछ। कतारसँगको खेलमा २-०ले बिजयी भएको ब्राजिलका लागि रिचालिसन र जिससले गोल गरेका थिए। खेलको २१औं मिनेटमा नेयार घाईते भएर मैदानबाट बाहिरिएका थिए।

जुन १४मा ब्रजिलले कोपा अमेरिकाको आफ्नो पहिलो खेलमा बोलिभियाको समाना गर्नेछ । गत कोपामा समुह चरणबाट बाहिरिएको ब्रजिल यसपाली उपाधि जित्ने तयारीका साथ मैदानमा उत्रिने योजनामा रहेको थियो।

नेयमार बिना पनि टोली राम्रो रहेको तर टोलीक प्रमुख खेलाडी टोलीबाट अन्तिम समयमा बाहिरिनुले टोलीको प्रदर्शनमा असर गर्ने निश्चित रहेको छ। यही प्रतियोगिताको मुखमा नेयमारलाई कप्तानबाट हटाएर डानी आल्भेसलाई कप्तान बनाईएको थियो।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ