arrow

दुई फरक देशबाट विश्वकप खेल्ने क्रिकेटरहरु

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
Cricket-WC-Trophy-19.jpg

काठमाडौं । इंगल्याण्डका कप्तान इयान मोर्गान चौथोपटक विश्वकप प्रतियोगितामा भाग लिइरहेका छन् । उनका इंगल्याण्डको तर्फबाट तेस्रो विश्वकप हो । उनले एकपटक आयरल्याण्डको तर्फबाट पनि उनले विश्वकपमा सहभागिता जनाएका थिए । उनी दुई मुुलुकबाट विश्वकप खेल्ने चौथो क्रिकेटर हुन् । सबैभन्दा धेरै विश्वकप खेल्ने कीर्तिमान भने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका जावेद मियांदादको नाममा छ । उनीहरुले ६ पटक विश्वकपमा सहभागिता जनाएका थिए । यहाँ दुई मुलुकबाट विश्वकप खेल्ने क्रिकेटरको चर्चा गरिएको छ –

 १. इयान मोर्गान (इंगल्याण्ड र आयरल्याण्ड) मोर्गानको जन्म आयरल्याण्डको डब्लिनमा भएको थियो । उनले आयरल्याण्डको लागि १६ वर्षको उमेरमा क्रिकेटमा डेब्यू गरेका थिए । यसको चार वर्षपछि उनी विश्वकप खेल्न वेस्टइन्डिज पुगेका थिए । उनी आयरल्याण्डका युवा क्रिकेटर थिए । उनको उत्कृष्ट प्रदर्शनको सहयोगमा आयरल्याण्डले २००९ मा २०११ को विश्वकपको लागि पनि छनोट भएको थियो । त्यसै वर्ष उनले आयरल्याण्ड छाडेर इंगल्याण्डका लागि क्रिकेट खेल्न शुरु गरेका थिए । २०११ को विश्वकपमा उनले तीन खेलमा २ अर्धशतक प्रहार गरेका थिए । उनी २०१५ को विश्वकपमा पनि सहभागी भएका थिए ।

२. केप्लर वेसेल्स (अष्ट्रेलिया र दक्षिण अफ्रिका) दक्षिण अफ्रिकाका पूर्व कप्तान केप्लर वेसेल्स दुई मुलुकबाट विश्वकप खेल्ने पहिला क्रिकेटर हुन् । उनले आफ्नो करियरको शुरुआत अष्ट्रेलियाको क्विंसल्याण्डमा गरेका थिए । त्यहाँबाट उनी राष्ट्रिय टोलीमा चुनिएका थिए । उनी सन् १९८३ को विश्वकपका लागि पनि छनोट भएका थिए । यो टोलीको कप्तानी किम ह्युजले गरेका थिए । वेसेल्स यसको नौ वर्षपछि दक्षिण पुनः विश्वकपको लागि छानिए । तर, उनी दोस्रो मुलुकको कप्तानको जिम्मेवारीमा थिए । सन् १९९२ को विश्वकपमा वेसेल्सले दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए ।

३. एड जोएस (इंगल्याण्ड र आयरल्याण्ड) इंगल्याण्ड क्रिकेटको इतिहासमा धेरै यस्ता क्रिकेटर छन्, जो अर्को मुलुकबाट आएर खेलेका छन् । एड जोएस यस्ता क्रिकेटर हुन्, जसले इंगल्याण्डबाट राष्ट्रिय टोलीका लागि खेलेर आयरल्याण्डको टोलीमा गएका थिए । उनले सन् २००७ को विश्वकप इंगल्याण्डको तर्फबाट खेलेका थिए । सन् २०११ को विश्वकपमा भने उनी आयरल्याण्डको टोलीमा थिए । उनले २०१५ को विश्वकप पनि आयरल्याण्डको टोलीबाट खेलेका थिए ।

४. एन्डरसन कमिन्स (वेस्ट इन्डिज र क्यानडा) एन्डरसन कमिन्सले सन् १९९१ मा वेस्ट इन्डिजका लागि डेब्यू गरेका थिए । यसपछि उनले सन् १९९२ को विश्वकप पनि खेलेका थिए । यसको १५ वर्षपछि कमिन्स आश्चर्यजनकरुपमा क्यानडाको टोलीमा सामेल भएका थिए । सन् २००७ को विश्वकपमा उनी ४० वर्षका थिए । यो विश्वकपमा क्यानडाको टोली समुहचरणबाटै बाहिरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ