नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश ३ मा भट्टराईको अध्यक्षतामा २३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित
प्रकाशित २०७६ जेठ २० सोमबार
1.1k
Shares
काठमाडौं । नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश ३ को अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । प्रदेश ३ का १३ जिल्लाका जिल्ला अध्यक्ष र प्रतिनिधिहरुको उपस्थितिमा भएको यस अधिवेशनमा स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष नारायण आचार्यको सभापतित्वमा र नेपाली काँग्रेसकी नेतृ संघीय संसद तथा स्वास्थ्य मनत्रालयकी छायाँ मन्त्री पार्वती डीसी चौधरी प्रमुख अतिथि थिइन् ।
विशेष अतिथिहरुमा प्रदेश ३ का सांसद पुकार महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति महासचिव योगेन्द्र कुँवर, उपमहासचिव राधिका कुइकेल खनाल, प्रदेश ३ अध्यक्ष घनश्याम चापागाईं, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वल कुमार शर्मा, प्रजातान्त्रिक जनस्वास्थ्य संघका अध्यक्ष महेश्वर श्रेष्ठ, शिक्षक संघ केन्द्रिय प्रतिनिधि कविन्द्र गोपाली, स्वास्थ्यकर्मी संघका पदाधिकारीहरु थिए ।
करिब ३०० जना भन्दा बढी प्रतिनिधिहरुको बीच आफ्ना भनाइहरु राख्दै प्रमुख अतिथि नेतृ चौधरीले कांग्रेसले मनोपली हिसाबले टिकट वितरण गरेको, आफ्नै कार्यकर्ताद्वारा बागी उम्मेदवार उठ्ने र पार्टीले उसैलाई प्रश्रय दिएको, महिला भएको कारण आफ्नो बोली कम बिक्ने र महिलाहरु जहाँ पनि हेपिनु परेको तितो यथार्थ भएको र अझै पनि पार्टी एकढिक्का भएर आफ्ना भातृ संस्था र सुभेच्छुक संस्थाहरुलाई सक्रिय बनाएर अगाडि लैजान नसके अर्को पटक पनि हार व्यहोर्नु पर्ने बताइन् ।
हरि प्रभा खड्खीले आफु महानगरमा एक्लै प्रतिपक्षको भूमिकामा उत्रिनु परेको, दुई तिहाइको दम्भ र बहुमतको घमण्डले थाहै नदिइ अजेन्डा पास हुने गरेको तर आफ्नो वडा अध्यक्षबाट पनि आवश्यक सहयोग नपाउँदा दुःख लाग्ने र सबै तह र तप्काबाट साथ पाए आफु महानगरबाट हुने गलत काम रोक्न सफल हुने बताइन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिब योगेन्द्र कुवरले यो अधिवेशन धेरै ढिला भएको भए पनि सम्पन्न हुन लागेकोमा शुभकामना व्यक्त गरे । उपमहासचिब राधिका कुइकेल खानालले आफु स्वाथ्य क्षेत्रबाटै ट्रेड युनियनमा प्रतिनिधित्व गरेको कारण आफू आवद्ध संघ मजबुद भए मात्र आफ्नो अस्तित्व बढ्ने हुँदा समयमा अधिवेशन गर्न नसक्नुमा दुःख व्यक्त गरिन् ।
उनले अभिलम्ब अधिवेशन घोषणा गरी राष्ट्रिय अधिवेशन गराउन केन्द्रीय समितिलाई ध्यानाकर्षण गराउँदै ट्रेड युनियन काँग्रेसको आगामी परिषद, युबा समिति, महिला समिति अधिवेशनको मिति मिति तय भएको र स्वास्थ्यकर्मी संघको अधिवेशन त्यस समय पनि हुन नसके सहभागितामा समस्या आउने बताइन् ।
साथै स्वास्थ्यकर्मी संघ अध्यक्ष रामजी घिमिरे ,सहअध्यक्षद्वय कृष्ण नागिला र ओम उपाध्याय ,काठमाडौंका गणेश केसीलगायतका बक्ताहरुले कहिले सरुवा कहिले समायोजनको नाममा भएको समस्याबाट स्वास्थ्यका साथीहरुको मनोबल गिरेको र काम गर्न कठिनाइ भइ संघको काममा बाधा पुगेको बताउँदै प्रदेश अधिवेशन सबै सकिएकोले छिट्टै केन्द्रिय अधिवेशन गर्ने जानकारी दिए ।
अधिवेशनबाट कमल भट्टराईको अध्यक्षतामा पदाधिकारीसहित २३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ। उपाध्यक्षमा पुरुषोत्तम राजभण्डारी, सरिता गौतम, विकास खनियाँ, भवनाथ पुडासैनी, ज्योत्सना शाक्य, मुना गुरुङ, सचिबमा राधाकृष्ण श्रेष्ठ, सहसचिबमा भोजन ढकाल र कल्पना श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाप्रसाद पौड्याल, सदस्यमा ईन्दिरा धिमाल लगायत निर्वाचित भएको राधिका कुइकेल खनालले बताइन् ।