-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । यही बिहीबारदेखि इंगल्याण्डमा हुने विश्वकप एक दिवसीय क्रिकेटको रौनक बढ्दो छ । दर्शकमा उत्साह थपिँदो छ ।
इंगल्याण्ड र वेल्सका ११ मैदानमा ४६ दिन चल्ने विश्वकपमा सबैभन्दा रोचक खेल लिगमा दुई वटासमेत गरी पाँच वटा हुने बताइएको छ ।
दुई लिग खेलमा जुन १६ तारिखमा भारत र पाकिस्तान बीचको खेल तथा जुन २५ तारिख हुने इंगल्याण्ड र अष्ट्रेलिया बीचको खेललाई लिइएको छ ।
भारत र पाकिस्तानबीचको खेल सबैभन्दा सनसनीपूर्ण हुने विश्लेषण गरिएको छ ।
फेब्रुअरी १४ तारिखमा पाकिस्तानी आतंकवादीले ४९ भारतीय सुरक्षाकर्मीलाई पुलवामामा हमला गरी मारेपछि भारतले पाकिस्तानसंग नखेल्ने जनाएको थियो ।
तर पछि खेल्न वाध्य भएको छ । त्यो खेलको टिकट सबैभन्दा छिटो ४८ घण्टामा सकिएको थियो ।
म्यान्चेस्टरमा हुने यो खेल सबैभन्दा रोमान्चक र तनावपूर्ण हुने विश्लेषण गरिएको छ ।
२५ हजार दर्शक अट्ने यो मैदानमा खेल हेर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीमा चार लाख आवदेन परेका थिए ।
४८ घण्टामै सबै टिकट विक्री भएको छ । यसअघिको विश्वकपमा भारत र पाकिस्तानबीचको खेलको टिकट १२ मिनेटमै बिकेको थियो ।
यसपटक इंगल्याण्ड र अष्ट्रेलियाको खेलको टिकट पनि पूरै विक्री भएको छ ।
लिग चरणका यी दुई खेल बाहेक दुई सेमिफाइनल र फाइनललाई पनि रोमाञ्चककै रुपमा हेरिएको छ ।