लिभरपुलसँग पराजयको तोडबाट बाहिर निस्किने प्रयासमा मेस्सी
प्रकाशित २०७६ जेठ ११ शनिबार
577
Shares
एजेन्सी। बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले आफु अझै लिभरपुलको हारबाट बाहिर आउँदै गरेको बताएका छन्। उनले आफ्नो ध्यान ‘गोल्डेन बुट’मा भन्दा पनि लिभरपुलसंग च्याम्पियन्स लिगमा भएको पराजयमा रहेको उनले बताएका छन्।
च्याम्पियन्स लिगको सेमीफाईनलको दोस्रो लेगमा बार्सिलोना लिभरपुलसँग ४-०ले पराजित हुँदै बाहिरिएको थियो। पहिलो लेगमा ३-०को बढत लिएको बार्सिलोनाले दोस्रो लेगमा लिभरपुललाई रोक्न सकेको थिएन।
उनले बार्सिलोनाको पराजयमा खेलाडीहरु दोषी रहेको बताएका छन्। बार्सिलोनाका म्यानेजर अर्नेस्टो भ्यालभर्डेलाई बर्खास्त गर्ने हल्लासँगै मेस्सीले उनको बचाउ गरेका छन्। ‘म्यानेजरले खास गल्ती गरेका छैनन्। खेलाडीहरुको खेलले हो पराजय भोगेको।‘ मेस्सीले भनेका छन्।
उनले आफुले अर्नेस्टो अर्को बर्ष पनि बार्सिलोनामा रहन पर्ने बताएका छन्। आफुहरुले लिभरपुलसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा नै गर्न नसकेको स्विकारेका छन्। खेलको पहिलो हाफमा राम्रै खेलेको भए पनि बार्सिलोनाले दोस्रो हाफमा खेल्नै नसकेको स्विकार गरेका छन्।
मेस्सीले आफुले पुरै खेल समिक्षा गरेको छैन भन्दै लिभरपुलसँगको पराजयबाट बाहिर ननिस्किसकेको बारे संकेत गरेका छन्। उनी लिभरपुलसँगको पराजयले स्तब्ध रहेको प्रष्ट देख्न सकिन्छ ।
उनले आफु ब्यक्तिगत सफलताहरु बारे नसोचेको र लिभरपुलसँगको पराजयबाट बाहिर निस्केर 'कोपा डेल रे जित्दै टोलीलाई अर्को उपाधि दिलाउनेमा ध्यान केन्द्रित गरेको बताएका छन्।